काठमाडौं – दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् ।
केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो ।
त्यसैगरी, पृथु बाँस्कोटा विराटनगरमा आबद्व भए । उनलाई विराटनगरले रु एक लाख २० हजारमा अनुबन्ध गरेको हो । सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद गरयो । त्यस्तै, विराटनगरले रु एक लाखमा रामनरेश गिरी, पवन सर्राफ, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाहलाई अनुबन्धन गरयो ।
सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई पनि जनही रु एक लाखमा नै अनुबन्धन गरयो भने काठमाडौँ गोल्डेन्सले अमित श्रेष्ठ, किशोर महतो, ललित राजवंशी र साहव आलमलाई रु एक-एक लाखमा किन्यो ।
यता महेन्द्रनगरले रोहितकुमार पौडेल र भुवन कार्कीलाई अनुबन्धन गरयो । उनीहरुलाई जनही रु एक लाखमा किनेको हो । रुपन्देही च्यालेन्जर्सले बिक्रम कुमार भुषाल, सुशन भारी र सिद्धान्त लोहनीलाई जनही रु एक लाखमा अनुबन्धन गरयो ।
टिम चौराहा, धनगढीले ललित भण्डारी, योगेन्द्रसिंह कार्की, सोनु तामाङ र सुनिल धमलाका लागि जनही रु एक लाख खर्च गरयो ।
अन्नपूर्ण होटलमा आज सम्पन्न अक्सनमा १८७ खेलाडीको नाम दर्ता भएको थियो जसमा ७२ खेलाडी अक्सनमा बिकेका हुन् । धनगढीमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिम चौराह धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त