
लन्डन । बुद्ध फाउण्डेशन यूकेले कपिलवस्तुमा निर्माण गरिरहेको बुद्ध वृद्धाश्रम तीव्र रुपमा अगाडि बढेको छ । कपिलवस्तु समाज यूकेको सहकार्य तथा एनआरएनए यूके र बुद्ध फाउन्डेशन नेपालको सक्रिय सहयोग तथा मातहतमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुमा १४ कोठाको वृद्धाश्रम भवन बनाइंदैछ ।
बुद्ध फाउण्डेशन यूकेले निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको जनाउंदै उक्त महान कार्यमा सहयोग गर्ने सम्पूर्ण दाताहरुप्रति पुनः आभार व्यक्त गरेको छ ।
फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठले भवन निर्माणका लागि अझै आर्थिक सहयोग आवश्यक रहेको जनाउंदै विश्वमा रहेका सम्पूर्ण इच्छुक दाताहरुलाई सहयोग अपिल गरेका छन् । करिब एक करोड २५ लाख रुपैयांको अनुमानित लागतमा निर्माण गर्न लागिएको उक्त वृद्धाश्रम सम्पन्न गर्न चुनौति रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यस पूण्यकर्ममा विश्वभरका नेपालीको साथ अपेक्षा गरेका छन् । ‘वाध्यता वा परिस्थितिले हामी विदेशमा बसेपनि मातृभूमिमा रहनुभएका वृद्ध वृद्धा बा आमाको रेखदेख हाम्रो प्रमुख दायित्व हो । जति सकिन्छ आर्थिक सहयोग गरेर भवन बनाउन सकियो भने त्यो जस्तो ठूलो पूण्य कर्म अरु हुनै सक्दैन’- श्रेष्ठले भने ।
सहयोग गर्न इच्छुकले इमेल- [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् ।
Details for Deposit in UK-
KSUK
Barclays Bank
S/c:- 20-45-45
A/c No. – 33776360
Bank Details for Deposit in Nepal-
बुद्ध फाउन्डेशन नेपाल
राष्ट्रिय बाणिज्य बैंक
बाणगंगा, कपिलवस्तु
खाता नं.- 353000055501
वृद्धाश्रम निर्माणका लागि बुद्ध फाउन्डेशन नेपालका अध्यक्ष रवि राज ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति र सल्लाहकारहरुको कठोर परिश्रम र सहयोग रहेको भन्दै बुद्ध फाउन्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठले धन्यवाद व्यक्त गरे ।
यसैबीच, बुद्ध फाउण्डेशन यूकेले आगामी २५ फेब्रुअरीका दिन ब्ल्याकहिथ एभरेष्ट इनमा सल्लाहकारहरुको सम्मान तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ । साथै त्यसै दिन बुद्ध जयन्ती तयारीबारे बैठक समेत हुन लागेको फाउण्डेशनले जनाएको छ ।
संस्थाले आगामी ५ मेमा ट्राफलगर स्क्वायरमा भव्य रुपमा बुद्ध जयन्ती मनाउंदैछ । लन्डनस्थित नेपाली दूतावासले समेत उक्त कार्यक्रम गर्न पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस