लन्डन । नेपाली बक्सर आदिप राना शनिबार सांझ बेलायतको नरवीचमा हुने ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा भिड्दैछन् । ७० केजी तौल अन्तर्गत चारजना व्यवसायिक बक्सर (प्रोफेशनल फाइटर) बीच इपिक स्टुडियोमा हुने भिडन्त जितिनेमा उनी आशावादी देखिए । ‘अभ्यास एकदम राम्रो भएको छ । ०१६ को फाइटभन्दा बढि राम्रो प्रदर्शन गर्ने आत्माविश्वास छ’, रानाले शुक्रबार भने ।
तीन पटकका युरोपियन च्याम्पियनको कोचिङले पनि उनी बढि आशावादी भएका हुन् । उनी जिम लन्डन साउथबाट प्रतिनिधित्व गर्दैछन् । राना सन् २०१६ मा आयोजित ७३ केजी कन्टेन्डर्समा च्याम्पियन भएका थिए ।
सन् २०१४, नोभेम्बरमा बेलायत आएका राना नेपाल छंदा पनि बक्सिङ खेल्थे । उनी राष्ट्रिय प्रतियोगितामा तृतीयसम्म र क्योकुसिन करातेमा ललितपुर च्याम्पियन भइसकेका हुन् ।
यूके आएपछि सन् २०१५ मा उनले यहां आयोजित विभिन्न प्रतियोगितामा चारवटा उपाधि जिते । सन् २०१५ मा उनी अमेच्योर युरोपियन किक बक्सिङमा ७२ केजी अन्तर्गत च्याम्पियन भए भने उनले यसै वर्ष साउदर्न एरिया के वान ब्रिटिश च्याम्पियनको उपाधि चुमे । ७० केजी अन्तर्गत यूके फाइट क्लव च्याम्पियन पनि भए उनी । सन् २०१५ मै उनी इस्का च्याम्पियन (इन्टरनेशनल स्पोर्टस किक बक्सिङ एसोसिएसन) बने । भविष्यमा एमएमए (मिक्स मार्सल आर्टस) मा उत्रने उनको लक्ष्य छ । आमसञ्चार विषयमा स्नातकोत्तर गरेका उनी भूतपूर्व गोर्खाका सुपुत्र हुन् ।
रानालाई ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण तथा खर्च प्रायोजन गरेको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रानालाई थप हौसला प्रदान गर्न र युवा पुस्तालाई खेलप्रति प्रेरित गर्न उक्त सहयोग गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले बताए ।
प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार वेम्लीस्थित कार्यालयमा रानालाई शुभकामना दिंदै दर्लामीले भने, ‘खेल प्रतिभाहरुले नेपाल र नेपाली समुदायको इज्जत प्रतिष्ठा राखेका छन् तर हामी उनीहरुलाई कम प्राथमिकता दिइरहेका छौं ।’
ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले यसअघि पनि बेलायतको नेपाली समुदायमा नियमित सचेतना कार्यक्रम गर्दै आएको छ । सामाजिक गतिविधि तथा च्यारिटी सहयोगलाई कम्पनीको प्रमुख सामाजिक उत्तरदायित्वमा राखेको उक्त कम्पनीले व्यवसायको निश्चित हिस्सा समुदायको हितमा खर्चेको छ ।
पछिल्लो समयमात्र उक्त कम्पनीले सगरमाथा गोर्खा नेपलिज कम्युनिटीको सामुदायिक भवन र अर्घाखांची समाज यूकेको प्रसुतिगृह निर्माणमा आर्थिक सहयोग गरेको छ । ओखलढुंगा नेपाली समाज यूके, मगर संघ यूके लगायत संस्थालाई पनि कम्पनीले सहयोग गरेको थियो ।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’