
प्रदेश–६ को सुर्खेतमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय स्थापना गर्दै प्रदेश मुख्यसचिव सुरेश प्रधान । तस्वीर – लक्ष्मी भण्डारी, सुर्खेत, रासस
सुर्खेत, ३ फागुन – प्रदेश नं ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् ।
प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् ।
दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने छन् ।
भवन डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव केशवराज आचार्यले पदभार ग्रहण गरेर काम थालिसक्नुभएको छ । मन्त्रालयको क्षेत्राधिकारभित्र शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, विपद् व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा र प्रदेश कर्मचारीलगायत पर्छन् । यो मन्त्रालय मुख्यमन्त्रीपछिको शक्तिशाली हो ।
क्षेत्रीय शिक्षा निर्देशनालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव ढुण्डी निरौलाले पदभार ग्रहण गरेर काम शुरु गर्नुभएको छ । यो मन्त्रालयले प्रदेशको आर्थिक योजना तथा बजेट निर्माण गर्नेबित्तिकै संस्थाहरुको अनुगमन र नियमन गर्नेछ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार यसअन्तर्गत रहने छन् । निमित्त सचिव भक्तबहादुर ढकालले पदभार ग्रहण गरेर कामकाज शुरु गरेका छन् ।
सात मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना हुन बाँकी छ । डिभिजन सिँचाइको कार्यालयले मात्रै नपुग्ने भएपछि नजिकैको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयसमेतलाई मिलाएर मन्त्रालय स्थापना गरिएको मुख्यसचिव प्रधानले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश