काठमाडौँ-विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ ।
बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ ।
डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ ।
पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो ।
भोलि नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।
गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।
अहिलेसम्मको अंक तालिका यस प्रकार छ-
देश म्याच जित हार बराबरी अंक रनरेट
क्यानडा ४ ३ १ ० ६ १.११६
नामिबिया ४ ३ १ ० ६ ०.७८७
नेपाल ४ ३ १ ० ६ –०.१५८
युएइ ४ २ २ ० ४ १.२२१
ओमान ४ १ ३ ० २ –०.६२९
केन्या ४ ० ४ ० ० –२.१९८
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा