काठमाडौँ-विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ ।
बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ ।
डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ ।
पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो ।
भोलि नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।
गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।
अहिलेसम्मको अंक तालिका यस प्रकार छ-
देश म्याच जित हार बराबरी अंक रनरेट
क्यानडा ४ ३ १ ० ६ १.११६
नामिबिया ४ ३ १ ० ६ ०.७८७
नेपाल ४ ३ १ ० ६ –०.१५८
युएइ ४ २ २ ० ४ १.२२१
ओमान ४ १ ३ ० २ –०.६२९
केन्या ४ ० ४ ० ० –२.१९८
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने