लण्डन । युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोश्रो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी यस वर्षको लण्डन म्याराथनमा भाग लिने भएका छन् ।
नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैर सरकारी संस्था किड्स फर्स्ट नेपालको लागि सहयोग जुटाउन आफू लण्डन म्याराथनमा भाग लिन लागेको शाहिलले बताए ।
उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, स्वास्थ्य र जीवन आर्जन गर्नको लागि आवस्यक सहयोग गर्दै आएको छ ।
उनले म्याराथनमा भाग लिएर करिब तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् । उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जाने उनले प्रष्ट्याए । उनलाई सहयोग गर्न चाहनेले लण्डन म्याराथनको लिंक https://uk.virginmoneygiving.com/fund/kfn-shahil मा गएर सहयोग गर्न सकिने छ । शाहिल डार्टफोर्डका नेपाली काउन्सिलर डा. बच्चु कैलाश कैनीका छोरा हुन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन