काठमाडौँ-नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल छन् ।
यस्तै आदिवासी जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा समानुपातिक सांसद बन्ने भएका छन् । यस्तै दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ ।
मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट भएकी छन् । थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा समानुपातिक सांसद बन्ने भएका छन् ।
माओवादी केन्द्रबाट समानुपातिकतर्फ एक मात्रै पुरुष सांसदमा परेका थिए । जसमा गोरखाका हितराज पाण्डेको नाम सिफारिश गरिएको छ । आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा