लण्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे लण्डनमा स्थानीय निकायको चुनाव लड्दै गरेका लक्ष्य गुरुङको चुनावी अभियानमा सामेल भएकी छन् ।
लण्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङलाई प्रधानमन्त्री मेले विजयको लागि शुभकामना दिंदै उनको प्रचारमा समेत सहभागी बनेकी हुन् ।
मेले गुरुङसंग चुनावी अभियान कसरी अघि बढ्दैछ भन्ने जिज्ञाशा राखेकी थिइन् ।
‘चुनावी अभियानमा हामी सबै उम्मेदवारहरुलाई सघाउन प्रधानमन्त्री आफै आउँदा हामीहरु एकछिन त आश्चर्यचकित भयौं। उहाँसंगको कुराकानीबाट मैले उहाँ निकै सहृदयी, इमान्दार र अरुको ख्याल गर्ने खालको नेता भएको अनुभव गरें,’ गुरुङले भने ।
शनिबार बिहान आफ्नो पार्टीको चुनावी अभियानबारे बुझ्न प्रधानमन्त्री लण्डनको बार्नेट काउन्सिलमा पुगेकी थिइन् ।
सोही काउन्सिलको हेल वार्डबाट गुरुङलाई कञ्जरभेटिभ पार्टीले आफ्नो उम्मेदवार बनाएको हो । ‘अहिलेसम्म मैले मतदाताहरुबाट निकै सकारात्मक र उत्साहपूर्ण प्रतिकृया पाइरहेको छु,’ उनले भने ।
आउँदो मे ३ तारिखका दिन हुन गैरहेको चुनावमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले मुख्य विपक्षी लेबर पार्टीबाट कडा चुनौती व्यहोर्नु पर्ने आँकलन गरिंदै रहेका बेला आफ्नो पार्टीका उम्मेदवारहरुको मनोबल बढाउन प्रधानमन्त्री मे आफै चुनावी अभियानमा सहभागी भएकी थिइन् ।
यसअघि उनको चुनावी अभियानमा हेण्डन क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद डा. म्याथु अफोर्ड पनि सहभागी भएका थिए ।
बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् । उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गोर्खासंबन्धी सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन