काठमाडौँ, २८ माघ – नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराही पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गरेको गरी उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका सदस्यहरुमा मुकुन्द न्यौपाने (खसआर्य-पुरुष), विजय सुब्बा (आदिवासी जनजाति-पुरुष), मोहन बानियाँ (पिछडिएको क्षेत्र-पुरुष), मोतीलाल दुगड (मधेशी-पुरुष), थममाया थापा (आदिवासी जनजाति-महिला) रहनुभएको छ ।
त्यसैगरी, डा शिवमाया तुम्बाहाम्फे (आदिवासी जनजाति-महिला), सुजिता शाक्य (आदिवासी जनजाति-महिला), रामकुमारी झाँक्री (आदिवासी जनजाति-महिला), बिना श्रेष्ठ (आदिवासी, जनजाति-महिला), तुल्सी थापा (आदिवासी जनजाति-महिला), नविना लामा (आदिवासी जनजाति-महिला), शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति-महिला), कुमारी मेचे (आदिवासी जनजाति-महिला) रहनुभएको छ ।
त्यस्तै, बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति-महिला), राधाकुमारी ज्ञवाली (खसआर्य-महिला), बिन्दा पाण्डे (खस आर्य-महिला), गोमा देवकोटा (खस आर्य-महिला), कल्याणीकुमारी खड्का (खसआर्य-महिला), निरुदेवी पाल (खस आर्य-महिला), मनकुमारी जिसी (खस आर्य-महिला), मायादेवी न्यौपाने (खस आर्य-महिला), विष्णु शर्मा (खस आर्य-महिला), सरिता न्यौपाने (खस आर्य-महिला), मैनाकुमारी भण्डारी (खस आर्य-महिला), तीर्था गौतम (खस आर्य-महिला), शान्ता चौधरी (थारु-महिला), लक्ष्मीकुमारी चौधरी (थारु-महिला), गंगा चौधरी (सत्गौवा) (थारु-महिला) हुनुहुन्छ ।
त्यसैगरी निरादेवी जैरु (दलित-महिला), विमला विश्वकर्मा (दलित-महिला), विमला विक (दलित-महिला), पार्वतीकुमारी विसुंखे (दलित-महिला), सानु शिवा (दलित-महिला), आशाकुमारी विक (दलित-महिला), जुलीकुमारी महतो (मधेशी-महिला), डा पुष्पाकुमारी कर्ण कायस्थ (मधेशी-महिला), सरलाकुमारी यादव (मधेशी-महिला), रेखाकुमारी झा (मधेशी-महिला), सरिताकुमारी गिरी (मधेशी-महिला), कालिला खान (मुस्लिम-महिला) र समिना हुसेन (मुस्लिम-महिला) रहनुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?