काठमाडौँ, २५ माघ – दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा आज बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरु पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउने र छिपाउने काममा संलग्नता देखिएको जनाएको छ ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाइएको तथा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी तीनै जनालाई ‘उपर हदैया’सम्मको कडाभन्दा कडा कारवाहीको सिफारिससमेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानूनबमोजिम कारवाहीसमेत अगाडि बढाइने परिसरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनामा परिसरबाटै पीडितको जाहेरी दरखास्त लिई घटनामा संलग्न भनी किटान भएका अभियुक्त शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलको खोजी जारी रहेको परिसरले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने