लन्डन । बेलायतमा रहेका भूपू गोर्खाहरुले युद्ध लडेको ६० वर्षपछि ‘मेडल’ पाएका छन् । एक्स ब्रिटिश गोर्खा एसोसिएसन यूकेको पहलमा सन् १९५२ देखि १९६८ सम्म मलेसिया अर्थात तत्कालीन मलायालाई स्वतन्त्रता दिलाउन ब्रिटिश सेनाको रुपमा लडेका वीर गोर्खालीहरुलाई मेडल प्रदान गरिएको हो ।
गत बुधवार नर्थहोल्टस्थित सोसियल क्लबमा एक विशेष कार्यक्रम गरि युद्ध लडेका मध्ये ९१ जना भूपू गोर्खा तथा उनका विधवाले मेडल थापे । मलेसिया अर्थात तत्कालिन मलायालाई स्वतन्त्रता दिलाउन ब्रिटिश आर्मीको रुपमा विभिन्न बटालियन गरि आठ हजार नेपालीले १० वर्ष सम्म लडाईं लडेका थिए भने कयौं नेपालीले ज्यान गुमाएका थिए । सो बेला अष्ट्रेलिया, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायत कमनवेल्थ राष्ट्रहरुले पनि युद्धमा साथ दिएका थिए ।
कार्यक्रममा मलेसिया सरकारको तर्फबाट प्रदान गरिएको सो मेडल प्रदान गर्न मलेसिया सरकारका प्रतिनिधि ब्रिग्रेडियर जनरल तथा मलेसिया हाइ कमिसनका डिफेन्स एडभाइजर मोहमद साइद प्रमुख अतिथिका रुपमा उपस्थित थिए । मेडल प्रदान पछि बोल्दै उनले गोर्खालीले गरेको योगदानको कदर गरे । गोर्खाका विधवाहरुलाई मेडल प्रदान गर्दा आफू थप भावुक भएको उनले बताए । त्यसैगरि आफनो कार्यकाल समाप्त गरि यही फेब्रुअरी २७ मा स्वदेश फर्किन लागेको बताउंदै मलेसिया आउंदा आफूलाई स्वागत गर्ने मौका दिन अनुरोध गरेका थिए ।

एक्स ब्रिटिश गोर्खा एसोसिएसन यूकेका अध्यक्ष रिटायर्ड मेजर चन्द्र रार्ईको अध्यक्षतामा भएको सो समारोहामा विशेष अतिथीको रुपमा लण्डन वरो अफ इलिङका डेपुटी लेफटिनेन्ट रिचर्ड कोरनिस्कीले बेलायत सरकारको तर्फबाट प्रतिनिधित्व जनाउंदै वीर गोर्खालीहरु विश्वमै परिचित भएको जनाए । उनले उनीहरुको जांगर कहिल्यै कम नहुने समेत बताए ।
एसोसिएसनका उपाध्यक्ष रिडायर्ड मेजर मान बहादुर राईले मेडल वितरण गर्न ब्रिटिश सरकारका कारण ढिलो भएको गुनासो गरेका थिए ।
कोषाध्यक्ष रिटियार्ड क्याप्टेन रुकुम बहादुर रानाले सञ्चालन गरेको उक्त कार्यकममा एसोसिएसनका तर्फबाट प्रमुख अतिथी ब्रिगेडियर जनरल मोहमद साइदलाई कोठीमारा खुकुरी उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा भूपू गोर्खा तथा परिवारहरुको उल्लेख्य सहभागिता थियो । स्मरण रहोस् विगत दुईसय वर्षदेखि ब्रिटिश सरकारले भूपू गोर्खाहरु माथि गरेको विभेदको लडाईं अन्तिम चरणमा छ । चांडैनै सकारात्मक परिणामका साथ गोर्खाहरुको समस्या समाधान हुने विश्वास छ ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ