
लन्डन । बेलायत सरकारले आप्रवासीहरुलाई स्वास्थ्य सेवा शुल्क (एनएचएस फि) दोब्बर बनाउने घोषणा गरेको छ । दोब्बर शुल्क वृद्धिले स्वास्थ्य सेवाका लागि वार्षिक २२० मिलियन पाउण्ड थपिने सरकारका मन्त्रीहरुको विश्वास छ ।
अहिले ६ महिनासम्म वा त्यो भन्दा बढि बेलायतमा बस्न चाहने आप्रवासीले आवेदन दिंदा वार्षिक हेल्थ सरचार्ज वापत २०० पाउण्ड तिर्दै आएकामा अब ४ सय पाउण्ड बनाउने योजना ल्याइएको गार्डियनले जनाएको छ । हेल्थ सरचार्ज लिने व्यवस्था सन् २०१५ देखि लागू भएको हो । युरोपियन युनियनबाहेकका आप्रवासीले ६ महिना यूके बसेमा वा थप बस्न चाहेमा आवेदनसंगै स्वास्थ्य सेवा शुल्क तिर्न अनिवार्य छ । शरणार्थी आवेदन दिएका वा शरणार्थीहरुले भने यो रकम तिर्नु पर्दैन । इमिग्रेसन स्टाटस नहुनेलाई पनि आपतकालिन सेवामा यो शुल्क समावेश छैन् ।
बेलायती स्वास्थ्यमन्त्री जेम्स ओ साउनेसीले भनेका छन्, ‘ब्रिटिश करदाताको पैसामा सञ्चालित हाम्रो एनएचएस आवश्यक परेका बेला सधैं उपलव्ध छ । तर, लामो समयसम्म बेलायत बस्ने आप्रवासीले पनि एनएचएसलाई योगदान दिंदा यसको दीर्घकालिन विकास हुनेछ ।’
मन्त्रीहरुले २०१७ -०१८ सम्म विदेशी बिरामीहरुबाट ५ सय मिलियन पाउण्ड संकलन गर्ने अठोट लिएका छन् । सन् २०१६- ०१७ मा विदेशी बिरामीबाट ३५८ मिलियन पाउण्ड उठेको थियो जसमा २१० मिलियन पाउण्ड ‘इमिग्रेशन हेल्थ सरचार्ज’ बाट थियो ।
बेलायतको ‘हेल्थ एण्ड सोसियल केयर विभाग’ ले एनएचएसको आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले यो विन्टरमा ४३७ मिलियन पाउण्ड सहयोग गरेको बताएको छ । सरकारले पछिल्लो बजेटमा आगामी दुई वर्षका लागि २.८ बिलियन पाउण्ड अतिरिक्त छुट्याएको छ ।
एनएचएस बोर्डको एउटा दस्तावेजका अनुसार, लन्डनस्थित एउटा अस्पतालले वर्षमा ९०० आप्रवासी सुत्केरी महिलाको उपचार गरेको थियो जसमा ५ मध्ये चारजना उपचारको बिल नतेरी बाहिरिएका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न