लन्डन । बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन् ।
गत वर्ष संसदमा ब्रेक्जिट वहसले व्यस्त हुनु परेको जनाउंदै अन्तिम समयमा भ्रमण रद्द गरेका मन्त्री ल्यान्क्यासटरले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन् । मन्त्री ल्यानक्यास्टरका साथ ब्रिटिश आर्मी चिफ अफ जनरल स्टाफ निकोलस कार्टर समेत रहनेछन् ।
लन्डनस्थित नेपाली दूतावास श्रोतका अनुसार, मन्त्रीले नेपालमा रहंदा सरकारका उच्च पदस्थ पदाधिकारीहरुलाई भेट्नुका साथै गोर्खाहरुको एटेस्टेसन परेड (भर्ती भएर बेलायत आउन लागेका गोर्खाको परेड) अवलोकन गर्ने कार्यक्रम छ । नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयां सरकार गठन प्रक्रिया अगाडि बढिरहंदा बेलायती मन्त्रीको भ्रमणले दुई देशबीच पारस्परिक सम्वन्ध अरु बढ्ने विश्वास गरिएको छ ।
मन्त्री ल्यानक्यास्टर भूपू गोर्खा मागप्रति जानकार छन् । कुनै बेला ब्रिगेड अफ गोर्खाजमा समेत कार्यरत उनी रक्षामन्त्री हुंदा लन्डनस्थित नेपाली दूतावासको समन्वयमा भूपू गोर्खा समस्या समाधानका लागि भएका वार्तामा समेत बसेका थिए ।
भूपू गोर्खाहरुले लामो समयदेखि समान पेन्सन लगायत माग राखेर आन्दोलन गर्दै आएका छन् । भूपू गोर्खाका ६ वटा संस्थाका अध्यक्ष र बेलायती सांसद एवं रक्षा मन्त्रालय (एमओडी) पदाधिकारीसंग कयौं वार्ता भएपनि निष्कर्षमा पुग्न भने बांकी छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन