
प्रदेश नम्बर २ को माघ २१ गते आईतबार बस्ने प्रदेश सभा बैठकको लागि तयार गरिएको जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित शिक्षा कार्यालय धनुषा तथा शिक्षक तालिम केन्द्रको भवन । तस्वीर – अजयकुमार साह, धनुषा, रासस
जनकपुरधाम- प्रदेश नं २ को प्रदेशसभा सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ । आइतबारदेखि यहाँ हुने प्रदेशसभा प्रथम अधिवेशनका लागि आज बसेको सर्वदलीय बैठकले मस्यौदाको कार्यसूची सर्वसम्मतिबाट अनुमोदन गरी सो मिति निर्धारण गरेको जनाइएको छ ।
संघीय संसद् सचिवालयका उपसचिव वंशीराज पौडेलले मस्यौदामा सामान्य संशोधन गरिएको बताउँदै सभामुखको निर्वाचनको तालिका २९ गते निर्धारण गरिने जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ ।
बैठकले नियमावली मस्यौदा समिति गठन सम्बन्धमा विस्तृत छलफल गरी अर्को बैठकमा अन्तिम रुप दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ ।
प्रदेशसभाको पहिलो बैठक भोलि आइतबार दिनको ११ बजे शैक्षिक तालीम केन्द्र जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभा भवनमा बस्ने भएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा