इटहरी- मनाङ मस्र्याङदी क्लबलाई १-० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए ।
निकै प्रतिष्पर्धात्मक बनेको उक्त खेलमा त्यसपछि गोल हुन सकेन र थ्री स्टारले उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै थ्री स्टारले रु १२ लाख हात पारेको छ ।
झण्डै दुई वर्षसम्म फुटबल खेल मैदान बाहिर रहेको थ्री स्टारले आफ्नो क्लबको लोगोमा पहिलोपटक प्रदेश १ को खेलकुद सिटी घोषणाको पूर्वसन्ध्यामा आकर्षक इटहरी रङ्गशालामा भाग लिँदै यतिधेरै राशिको पुरस्कारमाथि बाजी मारयो भने क्लबबाट खेलिरहेका खेलाडीहरूले व्यक्तिगत आर्थिक लाभका नगद पुरस्कारहरू समेत प्राप्त गर्दै एक दिनअघि सञ्चारकर्मीसँग गरेको उपाधि जित्ने घोषणाको दाबी सफल पारयो ।
प्रतियोगितामा थ्री स्टारका अनन्त तामाङ सर्वोत्कृष्ठ खेलाडी घोषित बन्दै रु २५ हजार र ४२ इन्चको कलर टेलिभिजन प्राप्त गरेका छन् । त्यसैगरी सोही क्लबका प्रशिक्षक मेघराज केसीले उत्कृष्ठ प्रशिक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे ।
यसैगरी, थ्री स्टारकै गोलरक्षक एलेन न्यौपानेले उष्कृष्ठ गोल रक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे भने अजय मार्टिनले उत्कृष्ट मिडफिल्डर घोषित हुँदै रु २० हजार प्राप्त गरेका छन् ।
उपविजेता मनाङले रु पाँच लाख हात पारयो । त्यसैगरी, सोही क्लबका तर्फबाट सुजल श्रेष्ठले सर्वाधिक गोलको उपाधिसहित रु १५ हजार प्राप्त गरे भने मिडफिल्डतर्फ मनाङका हेमन गुरुङले रु २० हजार र राइजिङ्ग प्लेयरतर्फ आयोजक राजा क्लबका खेलाडी विजय राई घोषित हुँदै रु १० हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले शिल्ड र उपाधि प्रदान गरे ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा