
भन्सार विभाग, काठमाडौँमा शुक्रबार ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका उपलक्ष्यमा आयोजित समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उदयसम्सेर राणालगायत । तस्वीर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १२ माघ – भन्सार प्रशासनमा देखिएको समस्या सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पुरयाउनुपर्नेमा जोड दिइएको छ ।
६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा न्यूनविजकीकरण, चोरी पैठारीजस्ता समस्या देखिएकाले भन्सार असुलीमा समस्या देखिएको बताउनुभयो । भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्न निर्देशन दिँदै उहाँले व्यवसायी र विभागबीचमा समझदारी गरेर विद्यमान समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री कार्कीले भन्नुभयो, ‘भन्सार राजश्वमा अपेक्षित लक्ष्य पुगेको छैन । राम्रो सन्देश दिएको छैन । त्यसलाई सुधार गर्नुपर्छ ।’ उहाँले सुशासनको माध्यमबाट मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्धबाट मुलुकको आर्थिक उन्नति हुने विश्वास व्यक्त गर्दै देशभरका भन्सार बिन्दुलाई भौतिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्ने बताउनुभयो ।
महालेखा परीक्षक टंकमणि शर्माले वित्तीय अनुशासनलाई सुधार नगरीकन मुलुकको आर्थिक विकास सम्भव नभएको भन्दै त्यस विषयमा राज्य तथा निजी क्षेत्रले ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय मूल्यांकनका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रमा ७५ प्रतिशत अर्थतन्त्र निजी क्षेत्रको हातमा भएकाले आर्थिक क्षेत्र खराब हुनुमा निजी क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक क्षेत्र जरजर हुनुमा निजी क्षेत्र जिम्मेवार छ ।’
अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक, प्रशासक र व्यवसायी तीनवटै पक्ष एउटै उद्देश्यका लागि अगाडि बढेमात्र आर्थिक समृद्धि र लगानीको वातावरण बन्ने बताउनुभयो । उहाँले संविधान, कानून र पद्धतिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राजश्व सचिव शिशिर ढुंगानाले भन्सार क्षेत्रमा थुप्रै सुधारका प्रयास भएका र त्यसको नतिजा पनि देखिन थालेको भन्दै सुधारलाई निरन्तरता दिने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग वाणिज्य महासंघले सुरक्षित व्यवसायी गर्ने उल्लेख गर्दै भन्सार बिन्दुमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक सुधार तथा लगानीका लागि उपयुक्त अवसर प्राप्त भएकाले त्यसका लागि राज्यपक्ष सकारात्मक भएर अगाडि बढ्ने समय आएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायलाई आधुनिकीकरण गर्न र भन्सार सुधारलाई निरन्तररुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भन्सारका विषयमा उत्कृष्ट समाचार संकलन गरेको भन्दै ‘द काठमाडौँ पोष्ट’ का आर्थिक ब्यूरो प्रमुख रुपक डी शर्मालाई भन्सार विभागले सम्मान गरेको छ । त्यसैगरी राजश्व विभागका उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा