
तामाङहरुको महान चाड सोनाम ल्होसारको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित कार्यक्रममा सहभागी तामाङ समुदाय । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ४ माघ – तामाङ समुदायको विशेष पर्व ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले आज भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरयो । आफ्नो परम्परागत वेशभूषाका साथ उल्लेख्य संख्यामा उपस्थित तामाङ समुदायका मानिसले साँस्कृतिक झाँकी तथा गीत संगीत प्रस्तुत गरेका थिए । उनीहरुले एकापसमा खानाका परिकारसँगै शुभकामना आदानप्रदान तथा खुशीयाली साटासाट गरेर पर्वलाई हर्षोल्लासका साथ मनाएका छन् ।
कार्यक्रममा नवनिर्वाचित सांसद शेरबहादुर तामाङ, पूर्वराजदूत कमानसिंह लामा, नेपाली काँग्रेसका नेता तीर्थ लामालगायत तामाङ समुदायका अगुवाको उपस्थिति थियो ।
ल्होछारमा विशेष गरी पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, मासु, मदिरालगायत खानेकुरा खाने चलन छ । तामाङ समुदायका मानिसले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’