
तामाङहरुको महान चाड सोनाम ल्होसारको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित कार्यक्रममा सहभागी तामाङ समुदाय । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ४ माघ – तामाङ समुदायको विशेष पर्व ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले आज भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरयो । आफ्नो परम्परागत वेशभूषाका साथ उल्लेख्य संख्यामा उपस्थित तामाङ समुदायका मानिसले साँस्कृतिक झाँकी तथा गीत संगीत प्रस्तुत गरेका थिए । उनीहरुले एकापसमा खानाका परिकारसँगै शुभकामना आदानप्रदान तथा खुशीयाली साटासाट गरेर पर्वलाई हर्षोल्लासका साथ मनाएका छन् ।
कार्यक्रममा नवनिर्वाचित सांसद शेरबहादुर तामाङ, पूर्वराजदूत कमानसिंह लामा, नेपाली काँग्रेसका नेता तीर्थ लामालगायत तामाङ समुदायका अगुवाको उपस्थिति थियो ।
ल्होछारमा विशेष गरी पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, मासु, मदिरालगायत खानेकुरा खाने चलन छ । तामाङ समुदायका मानिसले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा