
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैंककमा स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौं – भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अस्थायी राजधानीलाई लिएर आन्दोलन नगर्न आग्रह गरेका छन् । बिहीबार एकसाता लामो उपचारपछि बैंककबाट काठमाडौं फर्किएका ओलीले राजधानी तोक्ने अधिकार प्रदेशसभामा भएकाले अब आन्दोलन गर्न जरुरी नरहेको बताए ।
सरकारले तोकेको अस्थायी राजधानीका विषयमा आन्दोलन गर्नु वाञ्चनीय नभएको बताउँदैं उनले आवश्यकता र सन्तुलनका आधारमा प्रदेशसभाले यसबारेमा निर्णय गर्ने बताए । ‘राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ, अब आन्दोलन जरुरी छैन्’- उनले भने, ‘आवश्यकता र सन्तुलनका आधारमा प्रदेश सभाले निर्णय गर्छ ।’
उनले सरकारलाई आफूले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने सहमति दिएको उल्लेख गर्दै तर सरकारले सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी नतोकेको बताए । उनले अर्को सरकारले यसलाई मान्यता दिन नसक्ने पनि बताए ।
एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकता भत्काउन केही शक्ति लागिरहेको दाबी गर्दै ओलीले अब त्यसको सम्भावना नरहेको बताए । उनले पार्टी एकताका विषयमा शंका नगर्न पनि आग्रह गरे ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला