
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैंककमा स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौं – भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अस्थायी राजधानीलाई लिएर आन्दोलन नगर्न आग्रह गरेका छन् । बिहीबार एकसाता लामो उपचारपछि बैंककबाट काठमाडौं फर्किएका ओलीले राजधानी तोक्ने अधिकार प्रदेशसभामा भएकाले अब आन्दोलन गर्न जरुरी नरहेको बताए ।
सरकारले तोकेको अस्थायी राजधानीका विषयमा आन्दोलन गर्नु वाञ्चनीय नभएको बताउँदैं उनले आवश्यकता र सन्तुलनका आधारमा प्रदेशसभाले यसबारेमा निर्णय गर्ने बताए । ‘राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ, अब आन्दोलन जरुरी छैन्’- उनले भने, ‘आवश्यकता र सन्तुलनका आधारमा प्रदेश सभाले निर्णय गर्छ ।’
उनले सरकारलाई आफूले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने सहमति दिएको उल्लेख गर्दै तर सरकारले सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी नतोकेको बताए । उनले अर्को सरकारले यसलाई मान्यता दिन नसक्ने पनि बताए ।
एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकता भत्काउन केही शक्ति लागिरहेको दाबी गर्दै ओलीले अब त्यसको सम्भावना नरहेको बताए । उनले पार्टी एकताका विषयमा शंका नगर्न पनि आग्रह गरे ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’