
काठमाडौँ, ३ माघ – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।
समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ ।
जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो ।
प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’