
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगमा माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रक्रियाका बारेमा विविध पक्षमाथि जानकारी गराउन मंगलबार आयोजना गरिएको छलफलमा सहभागी पाँच राजनीतिक दलका नेताहरु । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २ माघ – निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ।
आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराउनुभएको हो ।
निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता छन् । बैठकपछि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले संविधान र कानूनअनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्ने नै छ । अस्थायी राजधानी तोक्दा राजनीतिक सहमति हुने मैले विश्वास लिएको छु ।’
बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफलमा जानकारी गराएको सञ्चारकर्मीलाई बताउनुभयो ।
बैठकमा नेकपा (एमाले) का तर्फबाट नेता नेम्वाङ, अग्नि खरेल, नेकाका तर्फबाट नेता लेखक, बालकृष्ण खाँण, नेकपा (माओवादी केन्द्र) का तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिँडारी, सङ्घीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका तर्फबाट नेता महन्थ ठाकुर तथा आयुक्तहरु ईश्वरी पौडेल, नगेन्द्र दाहाललगायतको सहभागिता थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने