
सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसी शनिबार बिहान १० बजे अनशन तोडदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ पुस – सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोड्नु भएको छ ।
पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन तोड्नुभएको हो ।
उहाँले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने बताउनुभयो । स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्मिलित टोली र डा केसीका पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा सुमन आचार्यको टोलीले वार्ता गरी पाँच बुँदे सहमति गरेको थियो ।
डा केसीका सहयोगी डा अभिषेकराज सिंहले डा केसीले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार आइओएमका डीनमा प्राडा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिनुभयो ।
गत आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्रा डा शशी शर्मालाई चार दिनका लागि पुनर्बहाली गरेसँगै डा केसीले न्यायसंगत नभएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनशन शुरू गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार