
एन्फाको खेल मैदान सातदोबाटोमा बिहीबार भएको राखेप च्याम्पियनसिप –२०७४ अन्तर्गत १६ औँ महिला राष्ट्रिय लिग फुटबलमा विजयपछि नेपाल एपिएफ टिमका खेलाडी पुरस्कार र ट्रफीका साथमा । तस्बिर – नवीन पौडेल
काठमाडौँ, २७ पुस – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो ।
एपिएफले सोमबार आर्मी र मंगलबार सुदूरपश्चिमललाई जितेको थियो । यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भए । सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन ।
समूह चरणमा एपिएफले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो । च्याम्पियन एपिएफले रु दुई लाख ट्रपी र पदक, उपविजेता आर्मीले रु एक लाख तथा तेस्रो पुलिसले रु ५० हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत एपिएफकी एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै आर्मीका अञ्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए । व्यक्तिगततर्फ उत्कृष्ट हुनेले जनही रु २५ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही पुस १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र तथा विभागीय गरी आठ टोलीको सहभागिता थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार