
सोमबार पक्राउ परेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी साधारण तारिखमा रिहाइपछि सर्वोच्च अदालतको परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २६ पुस – सर्वोच्च अदालतले आज वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।
केसीलाई शिक्षण अस्पताल लगियो
सर्वोच्च अदालतले तारेखमा रिहा गर्ने आदेश दिएपछि प्रा डा गोविन्द केसीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।
प्रधानन्यायाशीध गोपाल पराजुलीले राजीनामा नदिएसम्म अनशन बस्ने प्रा डा केसीले जानकारी दिनुभएको छ ।
डा केसीको अविलम्ब रिहाइको माग गर्दै आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो । सर्वोच्च अदालतको अवहेलना मुद्दामा सोमबार पक्राउ पर्नुभएका डा केसीको रिहाइको माग गर्दै उहाँका समर्थकले आज माइतीघरमा विरोध प्रदर्शन गरेका थिए ।
चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसङ्गत नभएको भन्दै डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि अनिश्चितकालीन आमरण अनशन शुरु गर्नुभएको थियो ।
प्रधानन्यायाधीशको राजीनामा र उहाँले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उहाँलाई अदालतको अवहेलना गरेको आरोपमा प्रक्राउ गरिएको थियो । डा केसी चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनःबहाली गरेपछि त्यस कदमको विरुद्धमा उत्रनुभएको हो ।
आफ्ना मागसहित १४ औँ आमरण अनशन शुरु गर्नुभएका डा केसीले प्रहरी हिरासतमा पनि अनशन जारी राख्नुभएको थियो । मंगलबार उहाँलाई सर्वोच्च अदालतमा उपस्थित गराई बयान लिइएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा