लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको शैक्षिक कन्फेरेन्स आगामी फेब्रुअरी ९ मा लन्डनमा हुने भएको छ । एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलको अध्यक्षतामा आइतबार लन्डनमा सम्पन्न कार्यसमिति बैठकले तमु समाज यूकेको सामुदायिक भवन, सडबरी टाउनमा सम्मेलन गर्ने निर्णय गरेको हो । कन्फेरेन्स बिहान ११ देखि अपरान्ह ५ बजेसम्म हुनेछ ।
उक्त कन्फेरेन्समा विज्ञहरुबाट विभिन्न ‘प्रिजेन्टेसन’ हुनेछन् । उक्त सम्मेलनमा रोयल कलेज अफ नर्सिङको इमिग्रेशन डिपार्टमेन्टका सोलिसिटर र इमिग्रेसन अफिसर आइ बेलायतमै रहेका नर्सहरुका इमिग्रेसन सम्वन्धि समस्या, नेपालबाट आउने प्रक्रिया, क्राइटेरिया लगायतबारे प्रष्ट पारिदिने अध्यक्ष कंडेलले जनाइन् ।
नेपलिज डक्टर्स एसोसिएसन यूकेबाट पनि वक्ताहरु आउने कार्यक्रम छ । सम्मेलनमा सेफ गार्डिङ, करिअर प्रोगेसन जस्ता इष्यूमा युनिभर्सिटी अफ वेष्ट लन्डन, युनिभर्सिटी अफ एडिनबरा र बक्स युनिभर्सिटीका विज्ञहरु साथै विशेषज्ञ नर्सहरुबाट समेत अन्य विभिन्न विषयमा ‘प्रिजेन्टेसन’ हुने एसोसिएसनले जनाएको छ ।
अध्यक्ष कंडेलले कम्युनिटी, अस्पताल र नर्सिङ होममा काम गर्ने नर्सहरु, हेल्थ केयर असिस्टेन्ट, रजिष्टर्ड र नन रजिष्टर्ड नर्सहरु, विद्यार्थी, विदेशी तथा नेपाली सबै इच्छुकलाई उक्त कन्फेरेन्समा सहभागी हुन विशेष आव्हान गरेकी छन् । सम्मेलनबाट वौद्धिक तथा व्यवसायिक विकास, अन्तरक्रिया, नेटवर्किङ, ज्ञान, सीप, अनुभव आदानप्रदान, करिअर अवसर आदि लाभ हुने विश्वास व्यक्त गरिएको छ ।
बैठकले नयां वर्ष २०१८ को विभिन्न कार्ययोजना समेत तय गरेको छ । बैठकमा एसोसिएसनको पूर्ण आर्थिक सहयोग तथा एक्सन वर्क नेपालको सहकार्यमा जुम्लामा बन्न लागेको ‘बर्थिङ सेन्टर’ बारे विस्तृत छलफल भएको थियो ।
बैठकमा करिब ६० लाख रुपैयांको लागतमा यही मार्चदेखि बर्थिङ सेन्टर निर्माण कार्य शुरु गर्न सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा भइसकेको बताइयो । उक्त प्रसुति गृह करिब एक वर्षभित्र निर्माण सम्पन्न गरि ५ वर्षपछि सरकारलाई हस्तान्तरण गरिने छ ।
बैठकमा एसोसिएसनले उक्त प्रसुतिगृह निर्माण सहयोगार्थ गत २६ अगष्टमा लन्डनमा भएको च्यारिटी डिनरका सबै सहयोगीप्रति पुनः आभार व्यक्त गरेको छ । बर्थिङ सेन्टर निर्माणको कार्य प्रगति बुझ्न यसै वर्षको अक्टोबरतिर एसोसिएसन अध्यक्ष, सल्लाहकार लगायत पदाधिकारीहरु नेपाल जाने योजना तय गरिएको छ ।
एसोसिएसनले बर्थिङ सेन्टर निर्माणमा आर्थिक सहयोग जुटाउन यो समरमा म्याराथनमा सहभागिता, समर वाक, कफी मर्निङ लगायत विभिन्न च्यारिटी गतिविधिमा सहभागिता जनाउने तय गरेको छ । ब्रेन्ट काउन्सिलसंग मिलेर च्यारिटी गर्ने लक्ष्य समेत एसोसिएसनको छ ।
एसोसिएसनले डक्टर्स एसोसिएसन यूकेसंग मिलेर विगत वर्ष जस्तै यसपटक पनि ‘हेल्थ अवेरनेस’ कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी वार्षिक च्यारिटी डिनरभित्र एउटा ‘स्मारिका’ निकाल्ने जनाउंदै एसोसिएसनले इच्छुक नर्सहरुलाई अनुसन्धनात्मक लेख, अनुभव, आफ्नो डिग्रीका शोधपत्र आदि सामाग्रीहरु भए उपलव्ध गराइदिन अपिल समेत गरेको छ ।
बैठकमा अध्यक्ष कंडेलले बेलायत र नेपालका विशेषज्ञ नर्सहरुको सहकार्यमा ‘ग्लोवल च्यालेन्ज रिसर्च’ अन्तर्गत ‘सर्टेज एण्ड माइग्रेसन अफ हेल्थ केयर प्रोफेशनल इन एण्ड फ्रम नेपाल’ प्रोजेक्ट गर्ने प्रस्तावबारे अवगत गराएकी थिइन् ।
एसोसिएसनले यतिखेर नेपालबाट नर्सहरु बेलायत आउन विभिन्न जिज्ञासा राखिरहेको परिप्रेक्ष्यमा सम्वन्धित नर्स वा विद्यार्थीहरुलाई बेलायतको ‘नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल’ को आधिकारिक वेवसाइट हेरि क्राइटेरिया फलो र पर्याप्त सूचना लिएर मात्र बेलायत आउन आग्रह गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा