
लन्डन- लभस्टोरीमा आधारित नेपाली फिल्म ‘लिलिबिली’ को मुलुक बाहिर सुटिङ सकिएको छ । ५० दिन लामो युरोपको सुटिङ यात्रा हालै टर्कीको स्तानबुलमा ‘प्याक अप’ भएको फिल्मका निर्देशक मिलन चाम्सले जनाए । ‘नेपालको सुटिङ भने अलिकति बांकी छ’, बेलायतमै स्थायी बसोबास गर्दै आएका निर्देशन मिलन चाम्सले भने, ‘युरोपको सुटिङ यात्रा निकै फलदायी र अविस्मरणीय रह्यो ।’
९० प्रतिशत बेलायतमै सुटिङ गरिएको फिल्मको लन्डनबाट सुटिङ यात्रा शुरु भएको थियो । त्यसपछि स्कटल्याण्ड हुंदै टर्की पुगेर विदेशको सुटिङ यात्रा टुंगिएको हो । स्तानबुलमा प्रदीप खड्का र प्रियंका कार्कीको ‘रोमान्टिक लभ सङ’ छायांकन गरिएको चाम्सले बताए । केही अघि स्कटल्यान्डको एडिनबरा टाउन सेन्टरमा खडकासंगै अभिनेत्री जसिता गुरुङलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका थिए । जिरो डिग्री भन्दा कमको चिसोमा प्रदीप र जसिताले एकसरो लुगामात्रै लाएर गरिएको उक्त छायांकन दर्शकलाई अर्को रोमाञ्चककारी हुने फिल्म युनिटको दावी छ ।

प्रियंकासंगको स्तानबुलको छायांकन पनि उत्तिकै रोमाञ्चकारी रहेको चाम्सले बताए । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा फिल्म निर्माण भइरहेको फिल्ममा निर्देशक चाम्ससंगै गोविन्द शाही र सुदीप खड्काको लगानी रहेको छ । ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजार प्रवर्धन गर्न पनि हामीले लोकेशन बाहिरको रोजेका हौं’, चाम्सले भने, ‘नेपाली फिल्ममा धेरै सम्भावना देखिरहेको छु ।’
आउंदो माघ १२ मा देशव्यापी रिलिज हुन लागेको चाम्सकै फिल्म ‘ह्याप्पी डेज’ को पनि ९० प्रतिशत छायांकन बेलायतमै गरिएको थियो । ‘लिलीबिली’ ले भने नेपाली नयां वर्षलाई लक्ष्यित गरि चैत्र ३० लाई रिलिज मिति तोकिसकेको छ । फिल्ममा प्रियंका, प्रदीप, जसितासंगै अनुपविक्रम शाही लगायतको अभिनय छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न