काठमाडौँ, १८ पुस – काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ ।
कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ ।सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् ।
सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रुपमा दिन सक्नेछन् । देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको थियो । विवाद समाधान गर्न बिहीबार पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गरिएको छ ।
विज्ञ समूहको सोमबार बसेको पहिलो बैठकले सर्वसाधारणसँग पनि सुझाव लिने निर्णय गरेको थियो । सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिने छ । रानीपोखरी पुनःनिर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय पनि भइसकेको छ ।
विसं २०७२ को भूकम्पले तीन वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त पोखरी पुनःनिर्माण मा कङ्क्रिट प्रयोग गरिएको जनाउँदै सम्पदाविद् र सर्वसाधारणले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने