मनाङ, पुस १८ – विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।
बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन ।
आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिना देखि मंसिर अन्तसम्म बढी उपयुक्त हुने र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुने मनाङ जिल्ला पर्यटन विकास संघका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
तिलिचो ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।
कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ ।
विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । अक्सर गरेर धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी मात्रामा देखिन्छ ।
हिजोआज यस ताल घुम्नका लागि बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् । यस तालमा पुग्नका लागि दुईवटा सिजनमध्ये गत असोज कात्तिकमा मात्रै करिब १२ हजारदेखि १५ हजार नेपाली पर्यटकले तिलिचो तालको अवलोकन गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवा बताउनुहुन्छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने