काठमाडौँ, १४ पुस – मुलुकका १३ राजनीतिक दलले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये सम्बन्धित दलले प्राप्त गरेको सीट संख्याका आधारमा निर्वाचित हुनुपर्ने उम्मेदवारको नाम आज निर्वाचन आयोगमा बुझाएका छन् ।
प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फबाट १३ राजनीतिक दलका उम्मेदवारबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व हुनेछ । राजनीतिक दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् ।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा समानुपातिकतर्फको प्रदेशसभा सदस्यको छनोट गरेर पठाउन आयोगले एकसाता अघि आजसम्मको समयसीमा प्रदान गरेको थियो । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा (एमाले) ७५, नेपाली काँग्रेस ७२, नेकपा (माओवादी केन्द्र) ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टी नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन-तीन, राष्ट्रिय जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक-एक सीट प्राप्त गरेका छन् ।
समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५, प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २२० कायम गरिएको छ ।
प्रदेशसभा संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधानअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको निर्वाचित हुने संख्या निकै बढी हुनेछ । प्रत्यक्षतर्फ महिलाको ३३ प्रतिशतको बाँकी रहन गएको उपस्थिति पनि समानुपातिक तर्फबाटै हुनेछ ।
निर्वाचित हुने उम्मेदवारको नामावली बुझाउन निर्वाचन आयोग पुग्नुभएका राजपाका नेता महेन्द्र यादवले आफ्नो पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको १२ सीटमध्ये आठ जना महिलासहित १२ को नाम सिफारिश गरेको जानकारी दिनुभयो ।
आयोगले दलहरुले दिएको नाममाथि शनिबार छानबिन गर्ने र समावेशी सिद्धान्तअनुसार सिफारिश नपठाउने राजनीतिक दललाई पुनः नाम सञ्चाउन आइतबार तीन दिनको समय प्रदान गर्ने छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने