लन्डन । बेलायती रातो पासपोर्टको सपना सांच्नेहरु विश्वमै असंख्य छन् । अझ विकासोन्मुख देशका नागरिकलाई यो लिन कम्ती रहर छैन् । नेपालीमा समेत रातो पासपोर्ट आकर्षण अधिक छ । यसकै लागि कतिले लाखौं खर्च गरेका छन्, कतिले नक्कली बिहे गरेका छन् । कति शरणार्थी भए । तर, ब्रेक्जिटपछि रातो पासपोर्टको रंग फेरिने भएको छ । अब निलो रंगले रातोलाई विस्थापित गर्नेछ र नयां पासपोर्टमा सन् १९८० को दशकदेखि रहेको युरोपियन युनियन चिन्ह हटाइने छ ।
सन् १९२१ मा पहिलोपटक बेलायती पासपोर्टमा निलो ‘कभर’ प्रयोग गरिएको थियो तर बेलायत युरोपियन युनियनमा आवद्ध भएपछि सन् १९८८ देखि रातो बनाइएको थियो । बेलायत मार्च २९, २०१९ मा युरोपियन युनियनबाट बहिगर्मन हुने प्रक्रियामा छ ।
यसै वर्षको शुरुमा राहदानी नयां विस्थापित गर्न ४९० मिलियन पाउण्डको सम्झौता भइसकेको छ । होम अफिस मन्त्री ब्रान्डन लिउसले नयां पासपोर्ट अहिलेसम्मकै उच्च प्रविधियुक्त र दुरुपयोग वा नक्कली बनाउन नमिल्ने खालको हुने बताए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण