लन्डन । नेपालका एकजना वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा सिकिस्त बिरामी परेपछि लन्डनमा उपचारार्थ भर्ना भएका छन् । देवकोटाको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा उपचार भइरहेको लन्डनस्थित दूतावास श्रोतले जानकारी दिएको छ । देवकोटा सिकिस्त विरामी भएर उपचार गराइरहेको भन्ने खबर केही अनलाइन र सामाजिक सञ्जालमा केही दिन यता भाइरल भइरहेको थियो । सामाजिक सञ्जालमा देवकोटालाई क्यान्सर भएको भनि विभिन्न पोष्ट र समाचार आएपनि दूतावासले भने त्यसबारे जानकारी नभएको बताएको छ ।
तत्कालिन राजा ज्ञानेन्द्रको पालामा स्वास्थ्य, विज्ञान तथा प्रविधि मन्त्री समेत भएका डा. देवकोटा बीर अस्पतालको पहिलो न्यूरोलोजिकल ट्रमा युनिटका संस्थापक हुन् । पछिल्लो समय उनी न्यूरो हस्पिटल, बांसबारीका सञ्चालक छन् ।
देवकोटाले बेलायतकै अटकिन्सन मोर्ले हस्पिटल, ग्लास्गो (हाल सेन्ट जर्ज हस्पिटलको एक अंश) मा न्यूरोसर्जरीबारे विशेष प्रशिक्षण लिएका थिए ।
राजनीतिमा समेत विशेष चासो राख्ने गोरखा स्थायी घर भएका देवकोटाले बेला मौकामा विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइ आफ्नो प्रतिक्रिया व्यक्त गर्दै आएका छन् । पुराना कम्युनिष्ट नेता बाचस्पति देवकोटाका सहोदर भाई भएकाले पनि डा. उपेन्द्रलाई राजनीतिक चासो रहेको ठम्याउन सकिन्छ । उनको सहपाठी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच चर्को प्रतिष्पर्धा रहंदै आएको छ । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा पनि देवकोटा बाम गठबन्धनको चुनावी प्रचार प्रसार, गोरखामा बाबुराम विरुद्ध सक्रिय भएर लागेका थिए ।
सन् १९८९ मा बेलायतमा अध्ययनपछि नेपाल फर्किएर हजारौंको ज्यान बचाएका देवकोटा अहिले आफैं बिरामी भएपछि उनीप्रति सामाजिक सञ्जालमा सद्भाव र सहानुभूति बढेको छ ।
गोरखाको ग्रामीण परिवेशमा हुर्किएर भारत र बेलायतमा अध्ययनपछि उनी स्वदेशमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्ने अठोटले फर्किएका उनका आफन्त बताउंछन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने