पोखरा, ४ पुस – पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ ।
युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ ।
देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकूद तथा पर्यटनको विकासवाट देशलाई संवृद्धितर्पm अग्रसर गराउने महोत्सवको उद्देश्य रहेको छ ।
त्यस्तै यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कलाकारहरुको प्रतिभा प्रष्फुटन एवं पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको लक्ष रहेको छ ।
महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाका सामान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उपभोग्य वस्तुहरुको प्रदर्शनी, सूचना प्रविधि र व्यवसायिक संघसंस्थाहरुको सेवाको बारेमा समेत जानकारी गराइनेछ ।
दुई लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष राखिएको छ । १२ दिनसम्म चल्ने सो महोत्सवमा रु एक करोड १४ लाख आम्दानी र रु ७९ लाख खर्च भई रु ३५ लाख आम्दानी हुने अनुमान गरिएको क्लवका महासचिव राजु श्रेष्ठले जानकारी गराउनुभयो ।
महोत्सवमा सर्वसाधारणलाई रु ८०, विद्यार्थीहरुलाई रु ६० तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने