
राजधानीमा सोमबार आयोजित कार्यक्रममा चिनिया कम्युनिष्ट पार्टिको १९ औँ राष्टिय महाधिवेशनमा महासचिव सीले प्रस्तुत गर्नुभएको प्रतिवेदनको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सहभागि उपप्रधानमन्त्री कृष्ण बहादुर महरा लगायत । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, ३ पुस – चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय महाधिवेशनले शान्त र समृद्ध विश्व निर्माणमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश प्रवाह गरेको छ ।
महाधिवेशनले महासचिव सी जीन पिङले प्रस्तुत गर्नुभएको विचारधारालाई उहाँकै नामको दस्तावेजको रुपमा महाधिवेशनले अनुमोदन गरेको त्यहाँका एकजना वरिष्ठ नेताले बताएका छन् ।
उक्त महाधिवेशनबारे जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेगुहाङले पार्टीको राष्ट्रिय महाधिवेशनले चीनभित्र मात्र नभई छिमेकी मुलुकबाट समेत गरिबी घटाउने योजनालाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले चीनबाट भ्रष्टाचारलाई निमिट्यान्न पार्ने, धनी र गरिबबीचको असमानतालाई अन्त्य गर्दै आधुनिक समाजवादी मुलुक निर्माणलाई लक्ष्य बनाएको जानकारी दिनुभयो । नवचीन निर्माणमा महासचिव एवम राष्ट्रपति सीबाट नेतृत्वदायी भूमिका निर्वाह भईरहेको पनि उहाँले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक