
म्याग्दीको प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई वटै सिटमा बाम गठबन्धनका उम्मेदवार विजयीभएपछि बेनीमा शुक्रबार आयोजना गरेको विजय जुलसमा सहभागी एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु । तस्विर- सन्तोष गौतम, रासस, म्याग्दी
बाजुरा, २२ मंसिर- प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका लालबहादुर थापा २८ हजार ५९ मत ल्याएर विजयी हुनुभएको छ ।
नेकपा (एमाले)का थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । यसअघि प्रदेश कमा वाम गठबन्धनकै विश्वराज रेग्मी र खमा प्रकाश शाह विजयी भइसक्नुभएको छ ।
मलेखु, धादिङ, २२ मंसिर – प्रतिनिधिसभा – २ अन्तर्गतको प्रदेशसभा खमा वाम गठबन्धनतर्फबाट नेकपा(माओवादी केन्द्र)का जगत सिंखडा विजयी हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार सिंखडाले १७ हजार ६०५ र उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका डम्बर तामाङले १५ हजार ७७४ मत ल्याउनुभएको छ ।
मलेखु, धादिङ, २२ मंसिर – धादिङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६८५ मत प्राप्त गर्नुभयो ।
यसैगरी सोही क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत प्राप्त गर्नुभयो ।

बझाङबाट प्रतिनिधी सभा र प्रदेश सभाका सबै सिटमा विजयी हुनुभएका बाम गठबन्धनका उम्मेदवारहरु सामूहिक तस्वीर खिचाउँदै । तस्विर- ललित सिंह, बझाङ, रासस
जाजरकोट, २२ मंसिर – प्रदेशसभा (ख) का वाम गठवन्धनबाट नेकपा (एमाले) का करवीर शाहीले १५ हजार १८५ मत ल्याएर विजय हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गर्नुभयो ।
जुम्ला, २२ मंसिर – जुम्ला प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी १२ हजार ५७४ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुसिंह कठायतले आठ हजार ५३७ मत प्राप्त गर्नुभयो ।
बागलुङ, २२ मंसिर – जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा साझा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ ।
घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जित शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।
बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् । सबै क्षेत्रको अन्तिम मत परिणाम भोलि बिहानसम्म आइसक्ने जनाइएको छ । जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । काँग्रेसले भने एक्लै चुनाव लडेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित