काठमाडौँ, ५ मंसिर – व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आयोजनाबाट कुनै अनुदान नलिएको जनाएको छ ।
प्याक्टले आज प्रेस विज्ञप्ति जारी गर्दे सुनखानी एकीकृत कृषि केन्द्रले परियोजना सञ्चालनका नाममा अनुदान नलिएको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ– एकीकृत कृषि केन्द्रको मिति २०७२ मंसिर २८ गते प्याक्टमा दर्ता भएको निवेदनमा सो कम्पनीका अध्यक्ष गगनकुमार थापाले कृषि तथा जलस्रोत समितिका सभापति समेत रहेको अवस्थामा स्वार्थ बाँझिने भन्दै परियोजनाबाट अनुदान अस्वीकार गरेको स्पष्ट पारेको छ ।
केही अनलाइन समाचारमा नेपाल सरकार, कृषि विकास मन्त्रालयअन्तर्गतको यस आयोजनाको नाम जोडेर ‘स्वर मिलाइ हिसाब मागौँ– खै बाख्रा, खै, खै मासु पसल ?’ शीर्षकअन्तर्गत मंसिर ४ गते प्रकाशित समाचारमा आयोजनाले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
प्याक्ट नेपाल सरकारको कृषि आयोजना हो । उक्त आयोजना सञ्चालनका लागि सरकारलाई विश्व बैंकको सहयोग प्राप्त छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका युवा नेता थापाले आजै सोही सन्र्दभलाई जोड्दै प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ– ‘केही उच्छृंखल व्यक्तिको बहकाउमा लागेर सत्यतथ्य नबुझी अनलाइन समाचार माध्यमले भ्रामक समाचार प्रकाशित गरेकोमा मलाई दुःख लागेको छ ।’
केही अनलाइन सञ्चारमाध्यमले दुवै पक्षको भनाइ नजोडी एकपक्ष ढंगले समाचार सम्प्रेषण हुनुले अनलाइन सञ्चार गृहको विश्वसनीयता माथि शंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिसभा निर्वाचनको संघारमा मलाई कमजोर पार्ने उद्देश्यले मेरो चरित्र हत्या गरी दूरासयपूर्ण रुपमा समाचार सम्प्रेषण गरेपनि आफूलाई असर नपर्ने र काठमाडौँका जनता भ्रामक समाचारबाट कहिलै नआतिने नेता थापाको भनाई छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग