लन्डन । बेलायत र युरोपियन युनियन (इयू) बीच भएको छैटौं पटकको ब्रेक्जिट वार्ता पनि सन्तोषप्रद हुन सकेन । युरोपियन युनियनका मुख्य वार्ताकार मिसेल बार्निएरले बेलायतले ब्रेक्जिटका मुख्य मुद्दा प्रस्ट्याउन दुई हप्ताको समयसीमा दिएपछि यो थप पेचिलो बन्ने आंकलन गरिएको छ । बेलायतमा रहेका करिब तीस लाख इयू नागरिकहरुको भविष्य, आयरल्याण्डको सीमा ब्यवस्थापन र बेलायतको वित्तीय उत्तरदायित्वका लागि पारपाचुके शुल्क गरि तीनवटा एजेन्डामा प्रगति भएपछि मात्र ब्यापार तथा भविष्यको सम्बन्धबारे वार्ता हुने इयूले बताउंदै आएको छ ।
बेलायती ब्रेक्जिट मन्त्री डेभिड डेभिसले इयूले लचक नीति अपनाउनु पर्ने भन्दै दुई हप्तामा यी तीन मुद्दामा सहमति हुन दिइएको समयावधिको आलोचना गरेका छन् । बेलायतको इतिहासमै सबैभन्दा बढी चुनौती रहेको ब्रेक्जिट वार्तामा संयमता अपनाएर अगाडि बढ्न जरुरी रहेको डेभिसको भनाइ छ ।
बेलायती प्रधानमन्त्री टेरेजा मेले सन् २०१९, मार्च २९ मा बेलायत इयूबाट अधिकारिक रुपले बहिर्गमन हुने मिति घोषणा गरेकी छिन् । यस समयभित्र इयूसंगको ब्यापार सम्झौता, भविष्यको सम्बन्ध, सुरक्षा, कानुन, कृषि, पर्यावरण लगायत अरु थुप्रै मुद्दामा सहमति हुन जरुरी छ ।
इयूसंग सहमति हुन नसके बिना सम्झौता बेलायत इयूबाट बाहिर निस्कन सक्छ भन्ने प्रधानमन्त्री मेको नीतिमा ब्यवसायीहरुले आलोचना गर्दै आएका छन् । बेलायतको कुल ब्यापारको सबैभन्दा ठूलो बजार युरोपियन युनियन रहंदै आएको छ । बेलायतले कुल ब्यापारको करिब ४४ प्रतिशत निर्यात तथा ५५ प्रतिशत आयात गर्दछ ।
यसैबीच इयू तथा बेलायतका मुख्य ब्यापारीहरुको संस्थाले सोमबार बेलायती प्रधानमन्त्री मेसंग भेटघाट गरेका छन् । भेटमा ब्रेक्जिटका कारण भइरहेको अनिश्चितताले ब्यापार तथा लगानीमा प्रतिकुल असर परेको जनाउंदै व्यापारीले बेलायतको इयूसंगको ब्यापार नीतिप्रति चासो व्यक्त गरेका छन् ।
बेलायतले इयू बजेटमा सन् २०२० सम्म आफ्नो योगदान जारी राख्ने, इयूसंग सम्बन्ध विच्छेदका लागि करिब ६० अर्ब युरो तिर्ने र बेलायतको वित्तीय उत्तरदायित्व पुरा गर्ने आश्वासन दिए पहिलो चरणको वार्ता सकिने विश्वास लन्डनका एक जना अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यको छ । इयूसंगको ब्यापार वार्तामा भने इयूको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीकी चान्सलर एन्जेला मर्केलको भूमिका उल्लेख्य हुने छ । जर्मनी सामानका लागि बेलायत एक प्रमुख बजार रहंदै आएको छ ।
बिना सम्झौता इयूबाट बहिगर्मन भएमा बेलायतले समान आर्थिक हैसियत भएका मुलुक जस्तै जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल आदिसंग अलगअलग ब्यापार सम्झौता गर्ने भन्ने प्रस्ताव पनि आउन सक्छ । विश्व ब्यापार संगठन (डब्लूटीओ) को सदस्य भइ ब्यापार सम्झौता भए यसले इयूसंग चाहिं दुरी अरु बढाउनेछ । यसबाहेक अरु बिभिन्न ब्यापार सम्झौताका अवसर पनि छ । यसमा राजनीतिक नेतृत्वको ठूलो भूमिका हुने विश्लेषकहरुको बुझाइ छ ।
संसारको पांचौं ठूलो अर्थतन्त्र भएको बेलायतलाई जति इयू चाहिन्छ, त्यति नै इयूलाई बेलायत जरुरी छ । इयूको कमन मार्केटबाट निस्कने प्रमुख नीति बेलायती प्रधानमन्त्री मेको छ । कमन मार्केटमा रहंदा इयूको फ्री मुभमेन्ट स्वीकार गर्नुपर्छ जसले गर्दा विगत केहि वर्षयता बेलायतमा इयू आप्रवासी संख्या निकै बढेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’