ताप्लेजुङ, २५ कात्तिक (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाउनुभएको छ ।
ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान शुरु गर्नुभएका देउवाले आज सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट शासन स्थापना भए जनताको दैनिकी डर–त्रासपूर्ण हुने छ भन्नुभयो ।
प्रधानमन्त्री देउवाले काँग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ पनि कम्युनिष्टलाई पराजित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्ने बीचको प्रतिस्पर्धा हो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘जनता लोकतन्त्र विरोधी छैनन् त्यही भएर साम्यवाद उनीहरुको रोजाइमा पर्दैन, यसैले पनि काँग्रेसको जित सुनिश्चित छ ।’
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख बालकृष्ण खाँणले यस पटक काँग्रेस एकताबद्ध भएर चुनावमा होमिएकाले पनि आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।
ताप्लेजुङबाट काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार केशवप्रसाद दाहाल र प्रदेशसभा उम्मेदवार लीलादेवी बोखिमले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा आफूहरुले जित हासिल गर्ने भन्दै ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नुअघि दिउँसो पाथीभरा मन्दिरको दर्शनसमेत गर्नुभएको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित