
प्रदेश एकको राजधानीका सम्पूर्ण पूर्वाधारसहित इटहरीलाई घोषणा गर्न दबाब दिनका लागि शनिबार इटहरीमा बृहत् प्रदर्शन गरिँदै । तस्बिर – याम प्रधान, इटहरी, रासस
इटहरी, २५ कात्तिक (रासस) – प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ ।
इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका रुपमा छनोट गर्नु वैज्ञानिक हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारण एवं नागरिक समाजसमेतले त्यसमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् ।
इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा भेला भएर निक्लिएको बृहत् दबाब रयालीले उपमहानगरको मुख्य मुख्य स्थानको परिक्रमापछि चोकमा आएर दबाब रयाली कोणसभामा परिणत भएको थियो । बृहत् रयालीमा ठूला राजनीतिक दलका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारसमेतको सक्रिय सहभागिता थियो ।
प्रदेशको राजधानी इटहरीलाई घोषणा गर्न निकालिएको रयालीपछि भएको कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यकी नेकपा (एमाले) उम्मेदवार भगवती चौधरीले पार्टीद्वारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरी सकिएकाले त्यसमा आफूले के गर्दा सहजता हुन्छ त्यसका लागि आफू तयार भएको बताउनुभयो ।
कोणसभामा नेपाली काँग्रेसका क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार हेमकर्ण पौडेल, एमालेका तर्फबाट प्रदेशसभाकै क क्षेत्रका उम्मेदवार एवं इटहरीका पूर्वप्रमुख सर्वध्वज सावाँ, क्षेत्र ३ क का उम्मेदवार लिलम बस्नेतलगायतले पनि इटहरी प्रदेश १ को राजधानीका रुपमा उचित र सबैका लागि पायक पर्ने र मावन सम्यताका दृष्टिकोणले पनि सबैका लागि मान्ने हुने भएकाले आफूहरु तयार रहेको कुरामा जोड दिनुभयो ।
कोणसभामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, पूर्वसांसद सुनिता परियार, कल्पना चौधरी, नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले पनि इटहरीलाई राजधानी घोषणा गराउन राज्यलाई जे जस्तो दबाब दिन गरिने कार्यक्रममा सक्रिय रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने