रुकुम, २४ कात्तिक (रासस) – वाम गठबन्धका उम्मेदवारको गाडीलाई लक्षित गरेर आज दुईवटा बम प्रहार गरिएको छ ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्मा र उहाँको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा दुईवटा बम प्रहार गरिएको प्रहरीले बताएको छ ।
चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोलीमाथी सडकमाथिबाट बम प्रहार भएको बताइएको छ । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो ।
शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन तर अर्को भने पड्केको प्रहरीको भनाइ छ । पड्केको पनि सडकमा धेरै धुलोमा परेका कारण धेरै असर नभएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।
उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताउनुभयो । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उहाँको भनाइ छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम रहेको बताएको छ । तर अहिलेसम्म बम प्रहार गर्नेको बारेमा केही जानकारी आएको छैन् ।
त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिनअघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो ब्यानर राखेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा