लन्डन । गैरआवासीय नेपाली संघ, बेलायतले अन्तरास्ट्रिय समन्वय समिति सदस्य मनोनयनका लागि एक दर्जन ब्यक्तिका नाम सिफारिस गरेको छ ।
गत सेप्टेम्बरमा भएको एनआरएनए युके निर्वाचनमा दुई कित्तामा देखिएका ब्यक्तिहरुलाई अध्यक्ष योगकुमार फगामी नेतृत्वले ‘खुसी पार्ने गरी’ सिफारिस गरेका हुन् ।
युरोप संयोजक शिव बरुवाल समक्ष ८ नोभेम्बरमा गरिएको सिफारिसमा गत सेप्टेम्बरमा निर्वाचनमा पराजितदेखि शक्ति केन्द्रसँग नजिक रहेका सम्म छन् ।
फगामीलाई निर्वाचित गराउन भूमिका निर्वाह गर्ने मध्येका एक पूर्व अध्यक्ष योगेन क्षेत्री, अर्का पूर्व अध्यक्ष महेन्द्र कंडेल, पूर्व प्रहरी शिवजी श्रेष्ठ, प्रवासी नेपाली मंच युकेका पूर्व अध्यक्ष तथा तत्कालिन निर्वाचन समिति सदस्य सचिव रामशरण सिंखडा, अध्यक्षमा पराजित कृष्ण तिमिल्सेना, अर्का अध्यक्षमा पराजित हिराधन राई, अन्तरास्ट्रिय समन्वय समिति सदस्यमा पराजित अर्जुन कटवाल, अन्तरास्ट्रिय समन्वय समिति सदस्यमै पराजित चिरन शर्मा, उपाध्यक्षमा पराजित दिपक श्रेष्ठ, उपाध्यक्षमै पराजित राष्ट्र राइ, उपाध्यक्षमै पराजित दयानिधि सापकोटा, प्रवासी नेपाली मंच युकेका उमेश मोक्तान र तत्कालिन निर्वाचन समिति सदस्य दूत पुनलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।
एनआरएन युकेका अनुसार उनीहरुले संघमा लामो समयदेखि योगदान गरेको सिफारिसमा उल्लेख छ । युरोपमा २७ मुलुकबाट गरिने यस्ता सिफारिस “अर्थहीन” मानिन्छ । सो सिफारिसको वोधार्थ अध्यक्ष भवन भटट, उपाध्यक्षत्रय कुमार पन्त, कुल आचार्य र सपिला भण्डारी तथा महासचिव डा. बद्री केसीलाई समेत दिइएको छ ।
सिफारिसमा परेकाबाटै चर्को असन्तुष्टी
गैरआवासीय नेपाली संघ, अन्तरास्ट्रिय समिति सदस्यमा सिफारिसमा परेकाले एनआरएनए युकेको नाम सिफारिसलाई ‘गाईजात्रा’ को संज्ञा दिएका छन् ।
सामाजिक संजालमा पूर्व अध्यक्ष कंडेलले आफूलाई नसोधी नाम सिफारिस गरिएकोप्रति गम्भिर आपत्ती प्रकट गरेका छन् ।
उता, एनआरएनए युकेका पूर्व महासचिव सिंखडाले फेसबुकमा सिफारिसलाई गाईजात्राको संज्ञा दिएका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता