लन्डन । गैरआवासीय नेपाली संघ, बेलायतले अन्तरास्ट्रिय समन्वय समिति सदस्य मनोनयनका लागि एक दर्जन ब्यक्तिका नाम सिफारिस गरेको छ ।
गत सेप्टेम्बरमा भएको एनआरएनए युके निर्वाचनमा दुई कित्तामा देखिएका ब्यक्तिहरुलाई अध्यक्ष योगकुमार फगामी नेतृत्वले ‘खुसी पार्ने गरी’ सिफारिस गरेका हुन् ।
युरोप संयोजक शिव बरुवाल समक्ष ८ नोभेम्बरमा गरिएको सिफारिसमा गत सेप्टेम्बरमा निर्वाचनमा पराजितदेखि शक्ति केन्द्रसँग नजिक रहेका सम्म छन् ।
फगामीलाई निर्वाचित गराउन भूमिका निर्वाह गर्ने मध्येका एक पूर्व अध्यक्ष योगेन क्षेत्री, अर्का पूर्व अध्यक्ष महेन्द्र कंडेल, पूर्व प्रहरी शिवजी श्रेष्ठ, प्रवासी नेपाली मंच युकेका पूर्व अध्यक्ष तथा तत्कालिन निर्वाचन समिति सदस्य सचिव रामशरण सिंखडा, अध्यक्षमा पराजित कृष्ण तिमिल्सेना, अर्का अध्यक्षमा पराजित हिराधन राई, अन्तरास्ट्रिय समन्वय समिति सदस्यमा पराजित अर्जुन कटवाल, अन्तरास्ट्रिय समन्वय समिति सदस्यमै पराजित चिरन शर्मा, उपाध्यक्षमा पराजित दिपक श्रेष्ठ, उपाध्यक्षमै पराजित राष्ट्र राइ, उपाध्यक्षमै पराजित दयानिधि सापकोटा, प्रवासी नेपाली मंच युकेका उमेश मोक्तान र तत्कालिन निर्वाचन समिति सदस्य दूत पुनलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।
एनआरएन युकेका अनुसार उनीहरुले संघमा लामो समयदेखि योगदान गरेको सिफारिसमा उल्लेख छ । युरोपमा २७ मुलुकबाट गरिने यस्ता सिफारिस “अर्थहीन” मानिन्छ । सो सिफारिसको वोधार्थ अध्यक्ष भवन भटट, उपाध्यक्षत्रय कुमार पन्त, कुल आचार्य र सपिला भण्डारी तथा महासचिव डा. बद्री केसीलाई समेत दिइएको छ ।
सिफारिसमा परेकाबाटै चर्को असन्तुष्टी
गैरआवासीय नेपाली संघ, अन्तरास्ट्रिय समिति सदस्यमा सिफारिसमा परेकाले एनआरएनए युकेको नाम सिफारिसलाई ‘गाईजात्रा’ को संज्ञा दिएका छन् ।
सामाजिक संजालमा पूर्व अध्यक्ष कंडेलले आफूलाई नसोधी नाम सिफारिस गरिएकोप्रति गम्भिर आपत्ती प्रकट गरेका छन् ।
उता, एनआरएनए युकेका पूर्व महासचिव सिंखडाले फेसबुकमा सिफारिसलाई गाईजात्राको संज्ञा दिएका छन् ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला