
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २१ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले अवलम्बन गर्ने बताउनुभएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, सुरक्षा, एकताको संरक्षणका लागि दुवै नेताका आदर्श उपयुक्त रहेको बताउनुभयो ।
ऊर्जा एवं उपप्रधानमन्त्री थापाले सनतान हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उम्मेदारवादलाई चार वैचारिक आधारस्तम्भका रुपमा लिइएको जानकारी दिनुभयो ।
घोषणापत्रमा सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको नेपाली पहिचानका रुपमा सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पुनःस्थापना गरिने उल्लेख छ । संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
दीर्घकालीन महत्व राख्ने राष्ट्रिय विषयमा जनताको राय बुझ्न जनमतसंग्रहको विधि अवलम्बन गरिनेछ । महिला सशक्तीकरण, अल्पसंख्यकको सुरक्षा, ग्रामीण इलाकामा बैंक शाखा विस्तार र प्रत्येक नागरिकको बैंक खाता खोल्ने व्यवस्था गरिने छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने विषय पनि उल्लेख गरिएको छ । आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, रुग्ण उद्योग सञ्चालन गरी एक घर एक रोजगारीको अवधारणा कार्यान्वयन गरेर १० वर्षभित्र दुई प्रतिशतले आर्थिक वृद्धिदर थप गरिने योजना छ ।
घोषणापत्रमा वीर अस्पताल सरहका अस्पताल नयाँ संरचनानुसार सातै प्रदेशमा स्थापना गरी स्वास्थ्य क्षेत्रमा सबैको पहुँच विस्तार गर्ने भनिएको छ । काठमाडौँ–हेटौंडा जोड्ने सुरुङमार्ग, काठमाडौँ–जुम्ला जोड्ने राजमार्ग, काठमाडौँ बाहिरी चक्रपथ, तराई–मधेशको मेची महाकाली हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, काठमाडौँ–तराई द्रुतमार्ग, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्गजस्ता यातायातको सञ्जाल निर्माण गरिने छ । जलस्रोतको एकीकृत विकासका लागि एकीकृत जलस्रोत मन्त्रालयको पुनःस्थापना गरिने कुरा घोषणापत्रमा उल्लेख छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?