बार्सिलोना, १२ कात्तिक (रासस-एएफ्पी) – क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दशौँ हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन् ।
‘भिभा स्पाना’ भन्ने नारा लगाउँदै आफूहरू स्पेनसँग छुट्टिन नचाहेको र केही विखण्डनकारी नेताले आफ्ना पिता पूर्खाले स्थापना गरेको स्पेनी भूभागलाई टुक्राउन लागेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
‘मेरो शहरमा स्पेनी झण्डासहितको घर छोड्न म कदापि तयार छैन,’ क्याटलोनियाको स्वतन्त्रता घोषणापछि क्रोधित बनेकी गिरोनीकी १९ बर्षीया विद्यार्थी मारिना फर्नान्डिजले भनिन् । ‘म मेरा पूर्खाले स्थापना गरेको मुलुकमा उनीहरू (बिखण्डनकारी) समूहले गरेका क्रियाकलापबाट साह्रै वेखुशी बनेकी छु,’ उनले भनिन् ।
एकताका पक्षधर क्याटलोनियालीले गाउदी शहरमा जम्मा भएका प्रदर्शनकारीले क्याटलोनियालाई स्वतन्त्र बनाउने अभियानको नेतृत्व गरेका कार्लेस पुज्डमोनलाई कैँद हाली स्पेनी जनताको एकताको समर्थनप्रति सम्मान गर्नुपर्ने बताए ।
क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा शुक्रबार भएको गोप्य मतदानलाई एकताका पक्षधरहरूले बहिष्कार गरेका थिए । संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको थियो भने विपक्षमा १० मत परेको थियो । दुई सांसद्ले मतदानमा मतपत्रलाई खाली खसालेका थिए ।
मतदान पछि क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व गरेका नेताहरूले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको बताएका छन् । तर केन्द्र सरकारले क्षेत्रीय सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन शुरु गरेको छ ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने