कलकत्ता, भारत, १० कात्तिक (रासस-एएफ्पी) – फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ ।
फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।
ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
विश्वकप फुटबलको ‘ग्रुप स्टेज’ मा पुग्नै नसक्ने सहभागी समूहले समेत ८० लाख पाएका थिए ।
विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मुल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।
त्यसैगरी परिषद्ले फिफाका आगामी बर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मिति समेत तोकेको छ ।
सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९, जुन ७ मा शुरु भै जुलाई ७ मा सकिने छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न