लन्डन । लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इनमा गत सोमबार बेलायतीहरु भिन्न रुपमा देखिए । बेलायती महिला स्कार्फ र टिका (बिन्दी) अनि पुरुषहरुले ढाका टोपी र खादामा सजिएर नेपाली परम्परागत शैलीमा तिहार मनाए ।
एभरेष्ट इन रेष्टुरेन्टले विदेशीलाई दोश्रो ठूलो नेपाली पर्व तिहार अवगत गराउन, नेपाली खानाको स्वाद चखाउन र न्यानो आतिथ्य प्रदर्शन गर्न एउटा भिन्न माहोल जुराएको थियो ।
कार्यक्रममा सहभागी सबै बेलायती परम्परागत नेपाली पहिरनमा सजिएर नेपाली गीत संगीत अनि खानामा घण्टौं रमाए । ‘नेपाली कला संस्कृतिबारे अवगत गराउन र पर्यटन प्रवर्धन नै मुख्य उद्देश्य थियो’, एभरेष्ट इन रेष्टुरेन्टका निर्देशक यादव भण्डारी भन्दै थिए ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, लुइसम काउन्सिलका डिष्ट्रिक्ट चिअर काउन्सिलर ओबाजिमी, साउथ इष्ट लन्डन चेम्बर अफ कमर्स आवद्ध हेलेन मेकान्टोस लगायतले नेपालको सांस्कृतिक विविधताबारे खुबै प्रशंसा गरे । डिष्ट्रिक्ट चिअर ओबाजिमी र हेलेनले नेपाल भ्रमणको चाहना समेत व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा राजदूत सुवेदीले भण्डारी दाजुभाईले बेलायत बसेर नेपालको राजदूतका रुपमा काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाल मनोरम प्राकृतिक दृश्य र विविध संस्कृतिले भरिएको देश भएको बताउंदै नेपालीले पाहुनालाई भगवान सरह सत्कार गर्ने अवगत गराए ।
कार्यक्रममा नेपाली संस्कृति झल्कने विविध नाच समेत प्रस्तुत गरिएको थियो ।
एभरेष्ट इनका सञ्चालकद्वय पशुपति भण्डारी र यादव भण्डारीले नेपालको कला संस्कृति जगेर्ना र पर्यटन प्रवर्धनका लागि आफ्नै प्रयत्नमा यस्ता कार्यक्रम नियमित गर्दै आएका छन् । पशुपति भण्डारी नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पनि हुन् ।
तस्विरहरु- Warren King
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै