बैंकक, ९ कात्तिक (रासस-सिन्ह्वा) – गत वर्ष निधन भएका थाईल्याण्डका नरेशको बिहीबार अन्त्येष्टि गरिएको छ ।
सात दशकसम्म गद्दीमा रहनु भएका नरेश भूमीबोलको गत वर्ष अक्टोबरमा ८८ वर्षका उमेरमा निधन भएको थियो । अन्त्येष्टि समारोहमा लाखौँ जनता सहभागी भएर स्वर्गीय नरेश भूमीबोल अदुल्यादेजप्रति अन्तिम श्रद्धान्जलि व्यक्त गरेका छन् ।
दाहसंस्कारस्थल तर्फ लैजाँदै गर्दा हजारौँ थाई नागरिकहरुले सडकहरुको दुवैपट्टिबाट दिवंगत नरेशप्रति श्रद्धान्जलि दिएका थिए ।
शाही संस्कारअनुसार उहाँको दाहसंस्कार गरिएको थाईल्याण्डका सञ्चार माध्यमले जनाएका छन् । शवयात्रा गर्नुअघि शाही दरबारमा श्रृंखलाबद्ध रुपमा शाही संस्कार अनुसारका विभिन्न धार्मिक संस्कारहरु गरिएको थियो ।
स्व राजा भुमीबोललाई आधुनिक थाइल्याण्डका निर्माता पनि मानिने भएकाले उहाँप्रति जनताको उच्च सम्मान रहेको थियो ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने