काठमाण्डौं, ७ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमा समेत कुराकानी भएको थियो ।
अध्यक्ष दाहालले सरकारका सहभागी आफ्नो पार्टीका मन्त्रीले पद छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । ‘सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो हामी त्यसमा प्रतिबद्ध छौँ’–प्रधानमन्त्रीसँग अध्यक्ष दाहालले भन्नुभएको कुरा उद्धृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले निर्वाचनको विषयमा कुनै पनि दुविधा नराख्न आग्रह गर्नुभएको थियो । यस्तै सो अवसरमा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाएर लैजान सबै पक्ष मिलेर जाने विषयमा समेत छलफल भएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने