काठमाडौँ, १ कात्तिक (रासस) – राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको परिषद्को बैठक आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षामा केन्द्रित रहेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएको सुरक्षा विधिलाई अबको चुनावमा पनि प्रयोग गरिने भएको छ ।
बैठकमा देशभरको सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीका बारेमा समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री प्रधान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको उपस्थिति थियो ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार