काठमाडौँ, १ कात्तिक (रासस) – नेपाल र जोर्डनबीच आज श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जोर्डनमा रहनुभएका नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
साधारण कामदार र घरेलु कामदारसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा दुईदेशबीच हस्ताक्षर भएको हो । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी हुन सकेको थिएन । जसले गर्दा त्यहाँ कार्यरत नेपालीलाई श्रमसम्बन्धी समस्या पर्दा समाधानका लागि अप्ठ्यारो अवस्था रहेको थियो ।
दुई देशबीच कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, आपूर्ति प्रक्रियालगायतका विषयमा समझदारी भएको हो । सुरक्षित र मर्यादित श्रमका लागि प्रयत्न गर्ने, कामदारको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई पालन गरिने समझदारी पत्रमा उल्लेख छ ।
समझदारीले कामदारको हकअधिकार संरक्षण र संवर्धनमा सहयोग पुग्ने दुवै देशले विश्वास लिएका छन् । कामदारसम्बन्धी कुनै समस्या आए दुई देशले आपसी सहमतिमा टुंग्याउने पनि समझदारी पत्रमा उल्लेख छ ।
नेपालले रोजगारीका लागि १०९ मुलुक खुला गरेपनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ । बहराइन, जापान, दक्षिण कोरिया, कुवेत र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने