काठमाडौँ, १ कात्तिक (रासस) – नेपाल र जोर्डनबीच आज श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जोर्डनमा रहनुभएका नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
साधारण कामदार र घरेलु कामदारसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा दुईदेशबीच हस्ताक्षर भएको हो । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी हुन सकेको थिएन । जसले गर्दा त्यहाँ कार्यरत नेपालीलाई श्रमसम्बन्धी समस्या पर्दा समाधानका लागि अप्ठ्यारो अवस्था रहेको थियो ।
दुई देशबीच कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, आपूर्ति प्रक्रियालगायतका विषयमा समझदारी भएको हो । सुरक्षित र मर्यादित श्रमका लागि प्रयत्न गर्ने, कामदारको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई पालन गरिने समझदारी पत्रमा उल्लेख छ ।
समझदारीले कामदारको हकअधिकार संरक्षण र संवर्धनमा सहयोग पुग्ने दुवै देशले विश्वास लिएका छन् । कामदारसम्बन्धी कुनै समस्या आए दुई देशले आपसी सहमतिमा टुंग्याउने पनि समझदारी पत्रमा उल्लेख छ ।
नेपालले रोजगारीका लागि १०९ मुलुक खुला गरेपनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ । बहराइन, जापान, दक्षिण कोरिया, कुवेत र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा