
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर पूजा गरिँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १ कात्तिक (रासस) – यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो ।
कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर नजिकको नदी, पोखरी वा तलाउ गई नरक स्नान गरी तर्पण गरेर यम दीपबाली दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।
कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान नदी, ताल तलाउमा बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
आजै घर घरमा इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर मनाइयो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कूल परम्पराअनुसार कसैले कुकुरलाई पूजा गरेर मीठो खान दिन्छन् भने कतिपयले मीठो खान दिने गर्छन् । शास्त्रीय रुपमा काग र कुकुरलाई मीठो खान दिने उल्लेख भए पनि पूजा गर्नुपर्ने कुरा नलेखिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने विश्वास समेत छ । वैवस्वत् मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा