काठमाडौं। नेपाल साफ विमेन्स च्याम्पियनशीपको लगातार तेस्रो पटक फाइनलमा पुगेको छ। पाकिस्तानको इस्लामावादस्थित जिन्ना रंगलाशामा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
नेपालले उपाधिका लागि साविक विजेता भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्ने छ । यसअघि दुवैको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले उपाधिमाथि कब्जा जमाएको थियो। बुधबार भएको खेलमा नेपालकी सजना रानाले ५६ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेकी थिइन।
पहिलो सेमिफाइलनमा श्रीलंकालाई ५-० ले पराजित गर्दै भारतले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर