काठमाडौँ, २८ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवन शीतलनिवासमा निर्वाचन आयोगका पदाधिकारीले भेट गर्नुभएको छ ।
भेटका अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक वातावरण आफ्नो हिसाबले चलायमान हुने हुँदा त्यसप्रति नअलमलिई निर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न निर्वाचन आयोगका पदाधिकारीलाई सुझाव दिनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आयोगले गरेको तयारीबारे जानकारी हासिल गर्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न शुभकामना दिनुभएको थियो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति प्राप्त भएपछि निर्वाचनसम्बन्धी आवश्यक नियमावली, निर्देशिका एवं कार्यविधिहरू तयार गरिएको, निर्वाचन सामग्रीको व्यवस्थापन कार्य तदारुकताका साथ भइरहेको जानकारी गराउनुभएको थियो ।
भेटमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी पौड्याल र सुधीरकुमार शाह तथा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी हुनुहुन्थ्यो ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा